Skip to content
Prabhu

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, कति पर्छ लिटरको ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको हो ।

आइतबार निगमले सूचना जारी गरेर मूल्य बढेको जानकारी दिएको छ । बढेको मूलय आज राती १२ बजेदेखि लागू हुने निमगले जनाएको छ ।हवाइ इन्धन र एलपी ग्यासको मूल्य भने घटबढ भएको छैन । मूल्यवृद्धिपछि काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ र डिजल तथा मट्टितेल प्रतिलिटर १५७ रुपैयाँ पर्नेछ ।

त्यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा आसपासमा पेट्रोलको मूल्य प्रतिलिटर १६४ र मट्टितेल तथा डिजल प्रतिलिटर १५२ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १६६ र डिजल तथा मट्टितेल १५६ रुपैयाँ पनेछ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal