Skip to content
Prabhu

एभरेष्ट बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

 

काठमाडौं । एभरेष्ट बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्ध गर्न लक्ष्मी सन्‌राइज क्यापिटल लिमिटेडललाई नियुक्त गरेको छ । बैंकले ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ जारी गर्न लागेको हो ।

बैंकको प्रतिकित्ता एक हजार रुपैयाँका दरले ३० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ । जसमध्ये ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड बराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत १ अर्ब ८० करोड बराबरको १८ लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ । १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ७.५ प्रतिशतका दरले ब्याज भुक्तानी अर्धवार्षिक रुपले ६÷६ महिनाको अवधिमा हुने कम्पनीले जानकारी दिएको छ ।

उक्त सम्झौतामा एभरेष्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुदेश खालिङ्ग र लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीईओ) विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal