Skip to content
Prabhu

नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको अध्यक्षमा अजय ढुंगाना

काठमाडौं । नेपाल धितोपत्र बोर्ड कर्मचारी यूनियनको अध्यक्षमा अजय ढुंगाना चयन भएका छन् । यूनियनको सातौँ अधिवेशनले ढुं्गानाको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा गौरव विष्ट चयन भएका छन् । उपाध्यक्षमा एलिजा फुयाँल चयन हुँदा सचिवमा नमुना जोशी चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा गौरब बराल चयन भएका छन् । सदस्यहरुमा विनोद महर्जन, प्रशान्त राई, सुदीप घिभिरे र रविन्द्र देव भट्ट चयन भएका छन् ।

युनियनको सातौं अधिवेशन अर्थमन्त्रालयका सहसचिव तथा बोर्डका अध्यक्ष नरेन्द्रकुमार रानाले उद्घाटन गरेका थिए । कार्यसमितिको कार्यकाल दुई वर्षको हुने छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal