Skip to content
Prabhu

प्रिओपन सेसनमा साढे १ अंक बढ्यो नेप्से

काठमाडौं । साताको दोस्रो कारोबार दिनको प्रिओपन सेसनमा नेप्से परिसूचक साढे १ अंकले बढेको छ । सोमबारको प्रिओपन सेसनमा नेप्से परिसूचक १ दशमलव ६१ अंकले बढेको हो ।

अघिल्लो दिनको कारोबार बन्द हुँदा १४ दशमलव ८३ अंक घटेर २०३७ दशमलव ०९ विन्दुमा बन्द भएको नेप्से सोमबारको प्रि ओपन सेसनमा १ दशमलव ६१ अंक बढेर २०३८ दशमलव ७० विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ० दशमलव ०३ अंक बढेको छ ।

सोमबार प्रिओपन सेसनमा ३५ स्टकको ५१ पटकको कारोबारमा १६ लाख ९८ हजार १३५ रुपैयाँ ७० पैसाबराबरको ३ हजार ९९४ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये १३ स्टकको मूल्य बढेको छ भने १८ स्टकको मूल्य घटेको छ । बाँकी ४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal