Skip to content
Prabhu

महिला लघुवित्तको करिब २ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ९९ हजार ४ सय ७२ कित्ता सेयर बिक्रीमा ल्यमएको हो ।

कम्पनीले उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७ सय रुपैयाँ तोकेको छ । आवेदन दिन इच्छुक व्यक्तिहरुले सेयर खरिदका लागि बोलकबोल गर्दा घटीमा १०० कित्ता र बढीमा सम्पूर्ण कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

सेयर खरिदको लागि जोकोही व्यक्ति, कम्पनी वा संस्थाहरुले सूचना प्रकाशन भएको आज ( असार १७ गते) देखि साउन १८ गतेसम्म कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड, ठमेल, काठमाडौंमा आवेदन पेस गर्न सक्नेछन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal