Skip to content
Prabhu

धितोपत्र बोर्डको प्रशासकीय अधिकार अधिकारीलाई, राना अर्थ मन्त्रालयको बजेट महाशाखामा

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नहुँदा लामो समयदेखि रोकिएको आईपीओ जारी गर्ने प्रक्रिया अझै पनि निर्वाध रूपमा सुचारु नहुने देखिएको छ । मन्त्रालयबाट आईपीओ जारी गर्ने समेतको अधिकार लिएर धितोपत्र बोर्ड पुगेका अध्यक्ष नरेन्द्र राना अहिले अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाको जिम्मेवारीमा पुगेसँगै यो विषय थप लम्बिने देखिएको हो ।

रानाले आफ्नो अनुपस्थितिमा अध्यक्षकै हैसियतमा काम कारबाही गर्ने अधिकारसहित धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीलाई प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर अर्थ मन्त्राल पुगेका हुन् । राना मन्त्रालयको प्रतिनिधिका रूपमा केही समय अघि मात्रै बोर्डमा पुगेका थिए ।

अब डा. अधिकारीले हकप्रद सेयर, प्राथमिक सेयर, डिभेञ्चर र एफपीओ अनुमति दिने अधिकारबाहेक बोर्डको सम्पूर्ण जिम्मेवारी पाएका छन् । अधिकारीलाई गत बिहीबार प्रशासकीय प्रमुखको जिम्मेवारी दिएको हो । रानाको अनुपस्थितिमा अध्यक्षको हैसियतमा काम गर्ने अख्तियारी उनलाई दिइएको छ ।

बोर्डको प्रवक्ताको समेत जिम्मेवारीमा रहेका अधिकारीका अनुसार अध्यक्षको सबै अधिकार उनमा प्रत्यायोजन भएको छ । ‘अध्यक्षको अधिकार मन्त्रालयको प्रतिनिधिलाई प्रत्यायोजन भएर आईपीओ जारी गर्ने अधिकार पाएकाले अहिले त्यो अधिकार पुनः प्रत्यायोजन नहुने भएकाले यो जिम्मेवारी मलाई छैन,’ अधिकारीले भने । आईपीओ जारी गर्ने बाहेक अध्यक्षले गर्ने अरु कामको जिम्मेवारी मात्रै हस्तान्तरण भएको उनको भनाइ छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal