Skip to content
Prabhu

चालु आर्थिक वर्षको ११ महिनामा १ करोड बढीको टुथपिक आयत

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमो विदेशबाट १ करोड बढीको टुथपिक (दाँत कोट्याउने सिन्का) आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको जेठ महिनासम्मको अवधिमा नेपालमा १ करोड १ लाख ६३ हजार रुपैयाँ बराबरको टुथपिक आयात भएको हो ।

यो गत वर्षको सोही अवधिको तुलनामा यो निकै बढी हो । गत वर्षको सोही अवधिमा ४० लाख ४६ हजार रुपैयाँको मात्रै टुथपिक आयत भएको थियो । चालु आर्थिक वर्षको ११ महिनामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब तीन गुणा बढी टुथपिक नेपाल आयात भएको तथ्यांकले देखाएको छ ।

गत आवको ११ महिनाको अवधिमा विदेशबाट १२ हजार ४१२ केजी टुथपिक आयत भएको थियो भने चालु आर्थिक वर्षको सोही अवधिमा ३१ हजार ४७८ केजी टुथपिक आयात भएको सरकारी तथ्यांक छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal