Skip to content
Prabhu

ट्वाइलेट पेपरको आयातमा कमी, ११ महिनाको अवधिमा २ करोड बढीको आयात

 

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ट्वाइलेट पेपरको आयातमा कमी आएको छ। गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा ११ महिनाको अवधिमा १२ हजार ४२१ केजी कम ट्वाइलेट पेपर आयात भएको हो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा नेपालले ७७ हजार ४३२ केजी ट्वाइलेट पेपर आयात गरेको सरकारी तथ्यांक छ । गत आवमा भने ८९ हजार ८५३ केजी ट्वाइलेट पेपर आयात भएको थियो।

सरकारी तथ्यांकअनुसार चालु आर्थिक वर्षको ११ महिनामा २ करोड २५ लाख ८२ हजार रुपैयाँ बराबरको ट्वाइलेट पेपर आयात भएको छ । गत आर्थिक वर्षमा भने २ करोड ७३ लाख ७ हजार रुपैयाँको ट्वाइलेट पेपर आयात भएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्