Skip to content
Prabhu

हिमालय ऊर्जा विकास र दोर्दी खोला जल विद्युत् कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

 

काठमाडौं । हिमालय उर्जा विकास कम्पनी लिमिटेड र दोर्दी खोला जल विद्युत् कम्पनी लिमिटेडको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । कारोबार हुने साताको दोस्र्रो दिन सेयर बजारमा यी दुई कम्पनीको सेयर मूल्यमा ८ प्रतिशतभन्दा बढीको वृद्धि भएको हो ।

समग्रमा बजार बढेको दिन हिमालयन ऊर्जाको सेयर मूल्य ९.७४ प्रतिशत र दोर्दी खोला जलुविद्युतको सेयर मूल्य ८.४७ प्रतिशतले बढेको छ । सोमबारको कारोबार बन्द हुँदा हिमालयनको सेयर मूल्य २६ रुपैयाँ ६० पैसाले बढेर २९९ रुपैयाँ ६० पैसामा कारोबार बन्द भएको छ । त्इस्तै दोर्दी खोलाको सेयर मूल्य ३७ रुपैयाँले बढेर ४७४ रुपैयाँमा कारोबार बन्द भएको छ ।

त्यस्तै आज धेरै बढ्ने शीर्ष पाँच कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक, हिमालयन बैंक लिमिटेड बण्ड २०८६ र सानिमा डिभेञ्चर २०८९ रहेका छन् । आज कर्पोरेट डेभलपमेन्ट बैंकको ७.५२ प्रतिशत अर्थात् ३८ रुपैयाँ ८० पैसाले बढेर ५५५ रुपैयाँ पुगेको छ । त्यस्तै हिमालयन बैंकको बण्ड २०८६ को सेयर मूल्य पनि ७.४८ प्रतिशतले बढेको छ । यो कम्पनीको सेयर मूल्यमा ७९ रुपैयाँले बढेर १ हजार १३५ रुपैयाँमा कारोबार बन्द भएको छ । आज धेरै मूल्य बढ्ने कम्पनीको पाँचौ नम्बर रहेको कम्पनी सानिमा डिभेञ्चर २०८९ को सेयर मूल्य ७.०७ प्रतिशत अर्थात् ७४ रुपैयाँले बढेर १ हजार १२० रुपैयाँमा कारोबार बन्द भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal