Skip to content
Prabhu

नेपाल फाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट, हेर्नुहोस् उच्च मूल्य घटेका पाँच कम्पनी

काठमाडौं । सेयर बजारमा आज नेपाल फाइनान्सको सेयर मूल्यमा भारी गिरवाट आएको छ । यो कम्पनीको सेयर मूल्य अघिल्लो दिनको भन्दा १० प्रतिशले घटेको हो ।

समग्रमा बजार बढेको दिन यो कम्पनीको सेयर मूल्य ९७ रुपैयाँले घटेर ८७३ रुपैयाँमा कारोबार बन्द भएको छ । त्यस्तै सोमबारको कारोबार बन्द हुँदा मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको सेयर मूल्य पनि ८.४४ प्रतिशत अर्थात् ५८ रुपैयाँ ९० पैसाले घटेर ६३९ रुपैयाँ १० पैसा पुगेको छ ।

त्यस्तै आज स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड, कुमारी सबल योजना र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य पनि धेरै घट्ने कम्पनीको शीर्ष पाँच भित्र परेका छन् । आज स्वाभिमन लघुवित्तको सेयर मूल्य ३.९७ प्रतिशत अर्थात् ५८ रुपैयाँ ९० पैसाले घटेर १ हजार ४२५ रुपैयाँ १० पैसामा कारोबार बन्द भएको छ ।

त्यस्तै कुमारी सबल योजनाको सेयर मूल्य पनि अघिल्लो कारोबारभन्दा ३.६० प्रतिशले घटेको छ । सबल योजनाको सेयर मूल्य ०.३० रुपैयाँले घटेर ८ रुपैयाँ ०३ पैसामा कारोबार बन्द भएको छ । मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य ३.३४ प्रतिशत अर्थात् ४१ रुपैयाँ ९० पैसाले घटेर १ हजार १७८ रुपैयाँमा कारोबार बन्द भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal