Skip to content

चीनद्वारा ६० सहरमा डिजिटलाइज्ड सवारी दर्ता लाइसेन्स जारी

nabil bank
(230930) -- BEIJING, Sept. 30, 2023 (Xinhua) -- A traffic police officer directs the traffic in Wenxian County of Jiaozuo, central China's Henan Province, Sept. 30, 2023. During the Mid-Autumn Festival and National Day holidays, many people from various sectors still stick to their posts. (Photo by Xu Hongxing/Xinhua)

बेजिङ । चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले सोमबार ६० सहरमा सवारी साधन दर्ता लाइसेन्स नीतिलाई ट्राफिक व्यवस्थापन सेवामार्फत परिष्कृत गर्न डिजिटाइज्ड सवारीसाधन दर्ता गर्ने नीति सुरु गरेको छ ।

चिनियाँ कानुनले सवारी चलाउँदा चालकले सवारी चालक अनुमतिपत्र र सवारी दर्ता प्रमाणपत्र दुवै बोक्नुपर्छ । मन्त्रालयले सोमबार बेइजिङ र तियानजिनलगायतका ६० सहरमा २१ करोड ५० लाखभन्दा बढी डिजिटलाइज्ड इजाजतपत्र जारी गरेको छ ।

मन्त्रालयले यसको ट्राफिक व्यवस्थापन १२१२३ प्लेटफर्ममा अटो रिप्लेसमेन्ट सब्सिडी कार्यक्रम प्रबर्द्धन गर्न अनलाइन ट्राफिक सेवाहरूमा पनि सुधार गरेको छ । यसबाट ६३ हजारभन्दा बढी चालक लाभान्वित भएका छन् ।

सुधारिएको अनलाइन ट्राफिक सेवाले ४० लाखभन्दा बढी व्यक्ति र उद्यमलाई शुद्धता र सुविधा प्रदान गरेको मन्त्रालयले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime