Skip to content
Prabhu

कोरियाको ह्याप्पिनेस फ्याक्ट्रीको बन्द कोठामा किन आमाबुबाले गरे आफैलाई बन्द

बीबीसी । कोरियाको ‘ह्याप्पीनेस फ्याक्ट्री’मा बनेका साना कोठाहरुलाई बाहिरी संसारसँग केही जोड्ने भनेको त्यहाँका ढोकामा बनाइएको प्वाल हुन् । जसको प्रयोग कोठामा खाना दिनका लागि गरिन्छ । यी प्वाललाई फिडिङ होल भनिन्छ ।
यी साना बन्द कोठामा बस्नेहरुलाई न त फोन राख्न अनुमति छ न त ल्यापटप नै ।
यी कोठाहरु स्टोरको जति ठूला छन् र यहाँ बस्नेहरुको संगत गर्ने भनेको कोठाका खाली पर्खालहरु हुन् । त्यहाँ बस्नेहरु जेलमा लगाइने नीलो युनिफर्म लगाउँछन् तर तिनीहरु कैदी भने होइनन् । बरु, यी ती व्यक्ति हुन जो संसारको भीडभाडबाट टाढा एकान्तमा समय बिताउने अनुभव लिनको लागि यी कोठाहरुमा बसेका छन् ।
यीमध्ये धेरैजसो ती आमाबाबु हुन् जसका बालबालिकाहरु समाजबाट पूर्णरुपमा टाढा भइसकेका छन् । यी आमाबाबु यस बन्द कोठाहरुमा बसेर संसारबाट अलग्गिएर कस्तो महसुस हुन्छ भनेर बुझ्नको लागि बसेका छन् ।
एउटा कोठा र एकान्तवास
संसार र समाजबाट अलग्गिएर बस्नेलाई ‘हिकिकोमोरी’ भनिन्छ । ‘हिकिकोमोरी’ शब्द जापानमा सन् १९९० को दशकमा बनेको थियो, यसको प्रयोग जापानमा युवाहरु र बालबालिकाहरुको गम्भीर सामाजिक अलग हुनुलाई सम्झाउने गरी प्रयोग गरिन्थ्यो ।
गत वर्ष दक्षिण कोरियाको हेल्थ एण्ड वेलफेयर मिनिस्ट्रीले १५ हजार मानिसहरुबीच एक सर्भे गरेको थियो । १९ देखि ३४ वर्षका युवाहरुबीच गरिएको यस सर्भेमा पाइएको थियो कि यसमा भाग लिने ५ प्रतिशत मानिसहरु एकान्तवासमा बस्न रुचाउँछन् ।
यदि यो तथ्यांकलाई दक्षिण कोरियाको कुल जनसंख्याको हिसाबले हेरियो भने, यसको अर्थ हुन्छ कि पाँच लाख ४० हजार मानिसहरु संसार र समाजबाट अलग्गिएर बस्न चाहन्छन् ।
यस वर्ष अप्रिलदेखि दक्षिण कोरियामा यस प्रकारका युवाहरुका आमाबाबु १३ हप्ताको पेरेन्टल एजुकेशन कार्यक्रममा भाग लिइरहेका छन् ।
यो कार्यक्रम ‘कोरिया यूथ फाउन्डेशन’ र ‘ब्लू व्हेल रिकभरी सेन्टर’ नामका दुई गैर–सरकारी संस्थाहरुको सहयोगले चलाइएको छ ।
यस कार्यक्रमको उद्देश्य आमाबाबुलाई यो बताउनु हो कि उनीहरुले एकान्तमा बसेका आफ्ना बालबालिकासँग कसरी राम्रोसँग संवाद गर्न सक्छन् ।
यस कार्यक्रममा भाग लिनेलाई ग्यांगवोन प्रान्तको होंगचियॉन–गनमा चलाइरहेको ह्याप्पीनेस फ्याक्ट्रीको एक कोठामा तीन दिनसम्म एक्लै बन्द रहनुपर्छ ।
यस कार्यक्रमको आयोजना गर्नेहरु एकान्तमा केही समय बिताएपछि यी आमाबाबुहरु आफ्ना बालबालिकालाई बुझ्नमा मद्दत पाउनेमा विश्वास गर्छन् ।
इमोशनल कैद
जिन यंग–हेई (नाम परिवर्तन)का छोरा गत तीन वर्षदेखि आफ्नो कोठाबाट बाहिर आएका छैनन, ऊ एक्लै बस्न रुचाउँछ ।
बन्द कोठामा एक्लै केहि दिन बिताएपछि अब जिनलाई लाग्छ कि उनी आफ्नो २४ वर्षीय छोराको इमोशनल कैदलाई राम्रोसँग बुझ्न सक्छिन् ।
५० वर्षकी जिन यंग–हेई भन्छिन्, “म सोचिरहन्थें कि मैले के गलत गरें… यो सब सोच्न आफ्नो आपमै धेरै पीडा थियो, तर त्यहाँ बस्ने क्रममा मैले सबै कुराहरु पुनः सोचें र मलाई केहि स्पष्टता मिल्यो ।”
जिन भन्छिन् कि उनका छोरा पहिल्यै प्रतिभाशाली थिए र उनलाई र उनका पतिलाई छोराबाट धेरै आशाहरू थिए ।
उनी प्रायः बिरामी रहन्थे र अरूसँग मित्रता गर्न उनलाई गाह्रो हुन्थ्यो । बिस्तारै उनलाई खानामा समस्या हुन थाल्यो जसको कारण उनले स्कूल जान छोडिदिए ।
उनी बताउँछन् कि जब उनका छोरा विश्वविद्यालय पुगे, पहिलो सेमेस्टरसम्म ठीक–ठाक थियो। तर एक दिन– उनले आफूलाई समाजबाट अलग गरिदिए ।
जिन भन्छिन्, “उनी आफूलाई आफ्नो कोठामा बन्द गरी राख्न थाले, उनलाई न त आफ्नो व्यक्तिगत सफाइको ध्यान थियो न त खाने–पिउनेको ।” उनी भन्छिन् कि यो देखेर उनको मन टुट्यो ।
बोल्नबाट जोगिनु
जिन यंग–हेई भन्छिन् कि उनका छोरा तनाव, परिवार र साथीहरूसँग सम्बन्ध बनाउनमा समस्याको सामना गरिरहेका छन् । साथै, शीर्ष विश्वविद्यालयमा प्रवेश नपाउनुलाई लिएर उनी डिप्रेशन झेलिरहेका हुनसक्छन्, तर यस बारेमा उनले सँग कुरा गर्नबाट जोगिन्थे ।
जिन भन्छिन् कि ह्याप्पीनेस फ्याक्ट्रीमा आएपछि उनले एकान्तमा बस्ने युवाहरुको लेखिएको नोट्स पढिन् ।
उनी भन्छिन्, “यी नोट्स पढेपछि मलाई महसुस भयो कि उनी वास्तवमा आफूलाई सुरक्षा गर्दैछन् किनकि उनलाई लाग्छ कि उनलाई बुझ्ने कोही छैन ।”
जिन जस्तै पार्क हान–सिल (नाम परिवर्तन) पनि यहाँ आएकी छिन् । उनी आफ्नो २६ वर्षीय छोराका लागि यहाँ आएकी छिन् जसले सात वर्षअघि संसारबाट सम्पर्क तोडिदिएको छ ।
उनका छोराले धेरै पटक घरबाट भाग्ने प्रयास गरे, तर अब उनी आफ्नो कोठाबाट बाहिर निस्कदैनन् ।
पार्क आफ्नो छोरालाई लिएर डाक्टर र काउन्सलरकहाँ गइन् तर उनका छोराले डाक्टरद्वारा दिइएको मानसिक स्वास्थ्यको औषधि लिन अस्वीकार गरे । उनका छोरालाई भिडियो गेम खेल्ने लत लागेको छ ।
पारस्परिक सम्बन्ध
पार्क हान–सिल भन्छिन् कि छोरासँग कुरा गर्न अझै पनि उनको लागि गाह्रो भइरहेको छ । तर उनी भन्छिन् कि ह्याप्पीनेस फ्याक्ट्रीमा आएपछि उनी आफ्नो छोराको भावनाहरूलाई राम्रोसँग बुझ्न सकिरहेका छन् ।
उनी भन्छिन्, “मलाई यो महसुस भयो कि उनलाई जबरजस्ती कुनै संरचनामा राख्नुभन्दा महत्वपूर्ण कुरा उनको जीवनलाई जसरी छ त्यस्तै स्वीकार गर्नु हो ।”
दक्षिण कोरियाको हेल्थ एण्ड वेलफेयर मिनिस्ट्रीले भन्छिन् कि युवाहरुको संसारबाट अलग बस्न चाहनाका धेरै कारणहरु हुन सक्छन् ।
दक्षिण कोरिया संसारका ती केही देशहरुमा पर्छ जहाँ आत्महत्या दर सबैभन्दा बढी छ । गत वर्ष दक्षिण कोरियाली सरकारले यस समस्यासँग जुध्नको लागि पाँच वर्षको एक योजना पेश गरेको थियो ।
सरकारले घोषणा गरेको छ कि हरेक दुई वर्षमा एकपटक २० देखि ३४ वर्षका युवाहरुको मानसिक स्वास्थ्यको जाँच गरिनेछ । यसको सम्पूर्ण खर्च सरकारले दिनेछ ।
सन् १९९० को दशकमा जापानमा पहिलो चरण आयो जब युवाहरुले आफूलाई समाजबाट अलग गर्न सुरु गरे । नतिजा यो भयो कि यसले त्यहाँको जनसांख्यिकीयमा परिवर्तन ल्यायो, मध्यम आयु वर्गका मानिसहरु आफ्ना बूढा आमाबाबुमा निर्भर हुन थाले ।
केवल पेन्सनको सहारामा बस्ने बूढाहरुका लागि आफ्ना वयस्क छोराछोरीको मद्दत गर्न पनि सजिलो थिएन ।
क्युङ ही विश्वविद्यालयको समाजशास्त्र विभागका प्राध्यापक जियोंग गू–वोन भन्छन् कि कोरियाली समाजमा मानिन्छ कि जीवनका केही ठूला लक्ष्य एक विशेष उमेरसम्म प्राप्त गरिनु पर्छ । यसले युवाहरुमा तनाव बढाउँछ, विशेष गरी यस्तो समयमा आम्दानीमा वृद्धि नहुनु र रोजगार नपाउनु सामान्य छ ।
यो दृष्टिकोण कि बच्चाको उपलब्धी आमाबाबुको सफलता हो, यो सम्पूर्ण परिवारलाई अलग–थलग हुने दलदलमा धकेल्छ ।
त्यस्ता आमाबाबु जसका छोराछोरीलाई जागिर पाउन गाह्रो हुन्छ वा आर्थिक स्थिरता हासिल गर्न कठिनाइ हुन्छ, उनीहरु यसका लागि आफूलाई र आफ्नो लालनपालनलाई दोषी ठान्छन् र पछुताउँछन् ।
प्राध्यापक जियोंग गू–वोन भन्छन्, “कोरियामा आमाबाबुले अक्सर आफ्नो माया वा भावनाहरू, कुरामा देखाउँदैनन् बरु व्यावहारिक काम र भूमिका निभाएर देखाउँछन् ।”
“आमाबाबुले कडा मेहनत गरेर छोराछोरीको पढाइको लागि पैसा संकलन गर्नु, कन्फ्यूसियस संस्कृतिको एक सामान्य उदाहरण हो, तर यसलाई ठूलो जिम्मेवारीको रूपमा हेरिन्छ ।”
उनी भन्छन् कि यहाँको संस्कृतिमा कडा मेहनतमा जोड दिने कुरा दक्षिण कोरियामा तीव्र विकाससँग पनि जोड्न सकिन्छ ।
२१औँ शताब्दीको दोस्रो भागमा यहाँ तीव्र आर्थिक विकास भएको र यो संसारको ठूला अर्थव्यवस्थाहरूमा एक भएको छ । तर वर्ल्ड इनइक्वालिटी डेटाबेसका अनुसार गत तीन दशकमा देशमा आर्थिक असमानता र गहिरिएको छ ।
ब्लू व्हेल रिकभरी सेन्टरकी निर्देशक किन ओक–रैन भन्छिन् कि एकान्त मन पराउने युवा एक ‘पारिवारिक समस्या’ हुन् । यस दृष्टिकोणको परिणाम यो पनि हुन सक्छ कि धेरैजसो आमाबाबुहरु आफ्ना छोराछोरीसँग सम्बन्ध तोडिदिनेछन् ।
केही युवाहरुलाई डर लाग्छ कि उनीहरुबारे विचार गरिनेछ, यस्तोमा उनीहरु आफ्ना स्थिति वा अवस्थाकबारे परिवारका कुनै सदस्यसँग कुरा गर्नबाट जोगिन्थे ।
किम भन्छिन्, “यी युवा खुलाएर आफ्नो समस्या साझा गर्न सक्दैनन्, यस्तोमा उनका अभिभावकहरुका लागि पनि एक प्रकारले अलग–थलग पर्ने जोखिम छ। यी मानिसहरु अक्सर छुट्टिको समयमा परिवारका कार्यक्रमहरुमा सहभागी हुनु बन्द गर्छन् ।”
चिन्ता नगर…
ह्याप्पीनेस फ्याक्ट्रीमा आएर एकान्तमा बस्ने कार्यक्रममा भाग लिने मानिसहरु अझै पनि त्यो समयको प्रतिक्षा गर्दैछन् जब उनीहरुका छोराछोरीहरुले उनीहरुसँग खुलेर कुरा गर्नेछन् र सामान्य जीवनमा फर्कनेछन् ।
हामीले जिन यंग–हेईलाई सोध्यौं कि यदि उनका छोरा एकान्तमा बस्न छोडिदिनेछन् भने के भन्नुहुन्छ । यो प्रश्न सुनेर उनका आँखा भरिए, गला भरियो ।
उनले भनिन्, “तिमीले धेरै सह्यौ । यो गाह्रो थियो, होइन? चिन्ता नगर म तिमीलाई हेरिरहन्छु ।”
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal