Skip to content
Prabhu

प्रभु इन्स्योरेन्सको हकप्रद बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल नियुक्त

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयर निष्कासनसम्बन्धी कार्य गर्न एनआईसी एसिया क्यापिटलमार्फत हुने भएको छ । जसका लागि क्यापिटल र इन्स्योरेन्सबीच धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ ।

सो सम्झौतापत्रमा प्रभु इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्य र निष्कासन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन् ।

प्रभु इन्स्योरेन्सले नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पुँजी पु¥याउन १०० रुपैयाँ अंकित दरका ८३ लाख ५० हजार १३५ दशमलव ४४ कित्ता अर्थात ८३ करोड ५० लाख १३ हजार ५४४ रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने छ ।

हाल इन्स्योरेन्स कम्पनीले ६० भन्दा बढी शाखा तथा उपशाखा कार्यालयबाट निर्जीवन बीमा व्यवसाय गर्दै आइरहेको छ । एनआईसी एसिया क्यापिटलले विगत लामो समयदेखि ‘आईडिया टु आईपीओ’ सेवा सञ्चालन गर्दै आइरहेका छ । उक्त सेवा अन्तर्गत प्रालिलाई पब्लिक कम्पनीमा परिणत गरी साधारण सेयर निष्कासन गर्ने सम्मको कार्य गरिदिने छ । यस्तै हकप्रद सेयर निष्कासन गर्न चाहने कम्पनीहरुलाई हकप्रद सेयर निष्काशन सम्बन्धमा आवश्यक परामर्श सेवा सञ्चालन गरिरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal