Skip to content
Prabhu

प्रभु बैंकका ग्राहकलाई होटल हिमालयमा विशेष छुट

काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकलाई कुपण्डोल ललितपुरमा अवस्थित होटल हिमालय सँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।

एक समारोहकाबीच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर रबीन्द्र ढकाल र बजार व्यवस्थापक सबिन राणा तथा होटल हिमालयको तर्फबाट बिक्री प्रबन्धक भुपेश लेखकद्वारा हस्ताक्षर गरे ।

सो सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्व बोकेको उपत्यकाको मुटुमा अवस्थित ललितपुर आफैंमा एक कलात्मक शैलीको परिचय बोकेको सहर हो । कृष्ण मन्दिर,पाटन दरवार स्क्वायर,स्वर्ण विहार जस्ता पर्यटकीय क्षेत्रको अवलोकन गर्न यस सहरमा देश तथा विदेशबाट पर्यटकहरुको आगमन हुने गरेको पाइन्छ । यसैगरी आन्तरिक तथा वाह्य पर्यटकका लागी लक्षित गरी चारतारे होटल हिमालय विगत ३७ वर्षदेखि ग्राहकहरुको सेवामा समर्पित छ ।

ग्राहकहरुको रोजाइको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३ सय ७ शाखा कार्यालय, २ सय ८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal