Skip to content
Prabhu

११ महिनामा करिब ३ अर्बको छुर्पी निर्यात

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा नेपालबाट करिब तीन अर्बको छुर्पी निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालबाट २ अर्ब ९७ करोड ७५ लाख रुपैयाँ बराबरको छुर्पी निर्यात भएको हो ।

विभागको तथ्यांकअनुसार ११ महिनाको अवधिमा नेपालबाट १५ लाख ३७ हजार १८६ किलो छुर्पी निर्यात भएको छ । नेपालबाट निर्यात हुने छुर्पीको मुख्य बजार अमेरिका र क्यानडा हो । तर, पछिल्लो समय ब्राजिल, चीन, चेक रिपब्लिक, फिनल्यान्ड, फ्रान्स, ग्रिस लगायतका मुलुकमा नेपाली छुर्पी निर्यात हुने गरेको छ ।

त्यस्तै हङकङ, भारत, इटाली, जापान, दक्षिण कोरिया, लेबनान, मलेसिया, नेदरल्याण्ड र न्यूजिल्याण्डमा पनि नेपाली छुर्पी निर्यात हुने गरेको छ । फिलिपिन्स, कतार, सिंगापुर, स्लोभाकिया, ताइवान, थाइल्याण्ड, यूएई, बेलायत, भियतनाम र नामिबियामा पनि चालु आर्थिक वर्षमा उल्लेख्य मात्रामा छुर्पी निर्यात भइरहेको विभागको तथ्यांक छ ।

विदेशमा नेपाली छुर्पी कुकुर र बिरालोको दानाका रुपमा बढी जाने गरेको छ । नेपाल डेरी एसोसिएसनका अनुसार नेपालमा वार्षिक ३६ लाख किलो छुर्पी उत्पादन हुने गरेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal