Skip to content
Prabhu

सुनचाँदीको मूल्य सामान्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य सामान्य बढेको छ । आज सुन तोलामा १०० रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँल महंगो भएको हो ।

अघिल्लो दिन २०० रुपैयाँले बढेको सुनको मूल्य आज पनि १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको मूल्य १५ रुपैयाँले बढेर तोलामा १ हजार ८०५ रुपैयाँमा कारोबार भइहरेको छ । अघिल्लो दिन चाँदी तोलामा १ हजार ७९० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ३२७.७ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २९.२९ डलरमा कारोबार भइरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal