Skip to content
Prabhu

सरकार परिवर्तन प्रभावः सेयर बजारमा ४ प्रतिशतको वृद्धि २ मिनेटमै कारोबार बन्द

काठमाडौं । सरकार परिवर्तन हुने भएपछि सेयर बजारमा उछाल आएको छ । नेकपा एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनाउने सहमति भएपछि मंगलबार सेयर बजारमा त्यसको प्रभाव देखिएको हो।

मंगलबार बजार खुलेको दोस्रो मिनेटमा नै नेप्से सूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट लागेर २० मिनेटको लागि कारोबार बन्द भएको छ । अर्थमन्त्रीमा लगानीकर्ताले मन पराएका एमालेका विष्णु पौडेल आउने सम्भावना देखिएपछि पनि लगानीकर्ता उत्साहित भएका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal