काठमाडौं । नयाँ सरकार बन्न भएपछि सेयर बजारमा उछाल देखिएको छ । नयाँ सरकार बन्ने र अर्थमन्त्रीमा विष्णु पौडेल आउने भए पनि सेयर बजार कारोबार सुरु भएदेखि नै उच्च अंकले बढीरहेको हो ।
पहिलो सर्किट लागेर बजार खुलेको पहिलो मिनेटमा नै पुनःनेप्से ५ प्रतिशत बढेपछि दोस्रो सर्किट लागेर ४० मिनेटका लागि कारोबार बन्द भएको छ । मंगलबार बजार खुलेको दोस्रो मिनेटमा नै नेप्से सूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट लागेर २० मिनेटका लागि कारोबार बन्द भएको थियो ।
प्रतिक्रिया दिनुहोस्