Skip to content
Prabhu

गठबन्धन फेरिएसँगै २ प्रतिशतले बढ्यो सेयर बजार, कारोबार रकम ४ अर्ब माथि

काठमाडौं ।  साताको तेस्रो दिन सेयर बजार परिसूचक २ प्रतिशत भन्दा बढीले बढेको छ । नयाँ सत्ता समिकण निर्माण भएसँगै सेयर बजार परिसूचक २.२९ प्रतिशतले बढेर बन्द भएको हो ।

कारोबार खुलेको दुई मिनेटमा नै सकारात्मक सर्किट लागेर कारोबार बन्द भएको बजार त्यस पछि भने केही सुस्तायो । मंगलबारको कारोबार बन्द हुँदा नेप्से परिसूचक ४७ दशमलव ०४ अंकले बढेर २१०० दशमलव ४३ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा २.२९ प्रतिशतले बढी हो ।

मंगलबार सेयर बजारमा २२७ कम्पनीको सेयर मूल्य बढ्यो भने १७ कम्पनीको सेयर मूल्य घट्यो । ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । मंगलबारको कारोबार बन्द हुँदा नेप्सेमा साढे ४ अर्बको कारोबार भएको छ ।

मंगलबार सेयर बजारमा ३१५ कम्पनीका १ करोड १६ लाख ४५ हजार ९०५ कित्ता सेयर ६० हजार ७२० पटक खरिद बिक्री हुँदा ४ अर्ब ५७ करोड ६८ लाख ३१ ह्जार ७२० रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा सबै १३ वटै उपसमूहको सेयर मूल्य बढेको छ । यो दिनको कारोबारमा सबैभन्दा बढी निर्माण र प्रसोधन उपसमूहको सेयर मूल्य ३.३० प्रतिशतले बढेको छ भने सबैभन्दा कम म्युच्युअल फण्डको ०.३६ प्रतिशतले मात्रै बढेको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव ९४ अंकले बढेको छ । आजको कारोबार बन्द हुँदा सेन्सेटिभ इन्डेक्स ३७० दशमलव ७१ विन्दुमा पुगेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal