Skip to content
Prabhu

नबिल बैंकले माग्यो धितोपत्र बोर्डसँग ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने अनुमति

काठमाडौं । नबिल बैंकले ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले प्रतिएकाइ १ हजार रुपैयाँको दरका ३० लाख एकाइ ऋण पत्र जारी गर्न बोर्डसँग अनुमति मागेको हो ।

नबिल बैंकले वार्षिक ८ प्रतिशत ब्याजदर भएको ‘नबिल बैंक डिबेन्चर, २०८९’ बिक्री गर्न लागेको हो । बैंकले ३० लाख एकाइका ३ अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्न अनुमति मागेको हो । जसमध्ये १२ लाख एकाइ सर्वसाधारणलाई जारी हुने छ भने १८ लाख एकाइ बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने छ ।

यसको अवधि ८ वर्षको हुनेछ । यो डिबेन्चरमा नेपाल एसबीआइ मर्चेन्ट बैंकिङ लिमिटेड बिक्री प्रबन्धक रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal