Skip to content
Prabhu

मुसिकोटमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ३ हजार युवा लाभान्वित

nabil

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाँच वर्षको अवधिमा तीन हजार बढी व्यक्ति लाभान्वित भएका छन् ।

आर्थिक वर्ष २०७५÷७६ देखि कार्यक्रम लागू भएदेखि हालसम्म तीन हजार ११ व्यक्तिले रोजगार प्राप्त गरेका नगरपालिकाका रोजगार संयोजक मायाकुमारी श्रीवास्तबले जानकारी दिए । उनका अनुसार यस अवधिमा उक्त कार्यक्रमबाट ६ करोड ३४ लाख ७१ हजार चार सय रुपैयाँ खर्च भएको छ ।

आव २०७५/७६ मा स्वीकृत ४३ लाख रुपैयाँ बजेटबाट चार सय ४१ जनाले औसतमा ३० दिन रोजगार पाएका थिए । यस्तै आव २०७६/७७ मा रु ७१ लाख ८० हजार बजेटबाट चार सय ५० जनाले २८ दिन, आव २०७७/७८ मा रु दुई करोड ४६ लाख ६१ हजार बजेटबाट सात सय ७२ व्यक्तिले ५७ दिन, आव २०७८/७९ मा २ करोड ५८ लाख १४ हजार रुपैयाँ स्वीस्कृत बजेटबाट आठ सय ८९व्यक्तिले ७४ दिन रोजगार प्राप्त गरेका रोजगार संयोजक श्रीवास्तबले जानकारी दिए । आव २०७९/८० मा १ करोड ८९ लाख २४ हजार रुपैयाँ बजेटमा तीन सय ६७ व्यक्तिले ७९ दिन र चालु आव २०८०/८१ मा ५८ लाख २५ हजार रुपैयाँ बजेटबाट ९२ व्यक्तिले ९० दिन रोजगार प्राप्त गरेको उनले जानकारी दिए।

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट गोरेटो बाटो, खेलकुद मैदान निर्माण, घेराबारलगायतका काम भएका छन् । कार्यक्रमबाट स्थानीयवासीलाई आर्थिक रुपमा सहज भएको नगरपालिकाले जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal