Skip to content
Prabhu

हिमालयन डिस्टिलरी र समाज लघुवित्तका सेयर धनीले कमाए सबैभन्दा धेरै, ११ कम्पनीको मूल्यमा ५ प्रतिशतभन्दा बढीको वृद्धि

काठमाडौं । मंगलबार सेयर बजारमा हरियाली छायो । अधिकांश कम्पनीको सेयर मूल्य बढेको दिन बजार परिसूचक ४७ अंकले बढेर बन्द भयो । यो दिनको कारोबार बन्द हुँदा ११ कम्पनीका सेयरधनीले ५ प्रतिशत भन्दा बढी कमाए ।

साताको तेस्रो दिनको कारोबार बन्द हुँदा हिमालयन डिस्टिलरी लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सबैभन्दा धेरै वृद्धि भएको छ । हिमालयन डिस्टिलरीको सेयर मूल्य ८.५४ प्रतिशतले बढेको छ भने समाज लघुवित्तको सेयर मूल्य पनि ६.९६ प्रतिशतले बढेको छ । मंगलबार हिमाल डिस्टिलरीको सेयर मूल्य ९८ रुपैयाँले बढेर १ हजार २४६ रुपैयाँ पुगेको छ भने समाज लघुवित्तको सेयर मूल्य १८१ रुपैयाँले बढेर प्रतिकित्ता २ हजार ७८० रुपैयाँमा कारोबार बन्द भएको छ ।

आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा गुडविल फाइनान्स लिमिटेड, नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड र सनराइन ब्लुचिप फण्ड रहेका छन् । आज गुडविल फाइनान्सको सेयर मूल्य ५.७४ प्रतिशत अर्थात् ३५ रुपैयाँले बढेर ६४५ रुपैयाँमा कारोबार बन्द भएको छ । त्यस्तै आज नेशनल हाइडोपावरको सेयर मूल्य ५.५१ प्रतिशत अर्थात् ७ रुपैयाँ ६० पैसाले बढेर १४५ रुपैयाँ ६० पैसा पुगेको छ । सनराइज ब्लुचिप फण्डको सेयर मूल्य पनि ५.३६ प्रतिशत अर्थात् ०.४२ रुपैयाँले बढेर ८ रुपैयाँ २६ पैसामा कारोबार बन्द भएको छ ।

त्यस्तै आज प्रभु इन्स्योरेन्स लि, हिमाल दोलखा हाइड्रोपावर कम्पनी लि, हिमालयन एभरेष्ट इन्स्योरेन्स लि, सानिमा जिआईसी इन्स्योरेन्स लि, सामलिंग पावर कम्पनी लि र इमर्जिङ नेपाल लि. को सेयर मूल्य पनि ५ प्रतिशत भन्दा बढीले बढेको छ । प्रभु इन्स्योरेन्सको ५.२३ प्रतिशत, हिमाल दोलखा हाइड्रोको ५.२०, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ५.१४ र सानिमा जिआईसी इन्स्योरेन्सको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ५.१२ प्रतिशतले बढेको छ ।

त्यस्तै सामलिंग पावरको ५.०४ प्रतिशत र इमर्जिङ नेपालको सेयर मूल्य ५ प्रतिशतले बढेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal