Skip to content
Prabhu

सेयर बजारमा मंगलबार उपकार लघुवित्तका सेयरधनीले साढे ६ प्रतिशतले गुमाए

काठमाडौं । मंगलबार सेयर बजारमा हरियाली देखिएको छ । सेयर बजार कारोबार हुने साताको तेस्रो दिन ४७ अंकले बढेको दिन १७ कम्पनीको सेयर मूल्य भने घटेको छ ।

मंगलबारको कारोबार बन्द हुँदा सबैभन्दा धेरै मूल्य घट्ने कम्पनीमा उपकार लघुवित्त वित्तीय संस्था रहेको छ । यो कम्पनीको सेयर मूल्य ६.४६ प्रतिशतले घटेर बन्द भयो । यो कम्पनीको सेयर मूल्य अघिल्लो दिनको भन्दा १२५ रुपैयाँ ४० पैसाले घटेर १ हजार ८१५ रुपैयाँ ६० पैसामा कारोबार बन्द भएको छ । त्यस्तै आज धेरै मूल्य घट्ने कम्पनीमा हिमालयन उर्जा विकास कम्पनी लिमिटेड रहेको छ । यो कम्पनीको सेयर मूल्य ६.२१ प्रतिशत अर्थात् १८ रुपैयाँ ६० पैसाले घटेर २८१ रुपैयाँ पुगेको छ ।

त्यस्तै आज नेपाल इन्भेष्टमेन्ट डिभेञ्चरको सेयर मूल्इ ३.५१ प्रतिशतले घटेको छ । यो कम्पनीको सेयर मूल्य ३९ रुपैयाँ २० पैसाले घटेर १ हजार ७८ रुपैयाँमा कारोबार बन्द भएको छ । यता प्रभु बैंक डिभेञ्चर २०८६ को सेयर मूल्य पनि ३.१८ प्रतिशत अर्थात् ३५ रुपैयाँले घटेर १ हजार ६५ रुपैयाँमा कारोबार बन्द भएको छ । त्यस्तै विन्दाबासिनि हाइड्रोपावार डेभलपमेन्ट कम्पनीको सेयर मूल्य २.१७ प्रतिशत अर्थात् १२ रुपैयाँ ८० पैसाले घटेर ५७६ रुपैयाँ २० पैसामा कारोबार बन्द भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal