Skip to content
Prabhu

पेवेल नेपाल र सजिलो पे पेमेन्ट विरुद्ध मुद्दा दायर, ८० अर्ब भन्दा बढीको बिगो दाबी

काठमाडौं । ६० किलो सुन तस्करीमा दुई मोबाइल भुक्तानी प्रदायक कम्पनी पेवेल नेपाल र सजिलो पे विरुद्ध मुद्दा दायर भएको छ । यी दुई कम्पनी विरुद्ध ८० अर्ब भन्दा बढी बिगो दाबी गरेर मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो ।

दुई कम्पनीलाई ८० अर्ब ९६ करोड ५३ लाख ६६ हजार १ सय १५ रुपैयाँ बिगो र जरिवाना मागदाबी गरिएको हो । पेवेल नेपाल प्रा.लि.का सञ्चालक तथा कर्मचारी भीम प्रसाद तिमल्सिना, नेपाल भूषण चन्द, पाल्साङ लामा, खेलानन्द प्रसाद सिंह, सत्येन्द्र श्रेष्ठ, प्रज्वल आचार्य, सुरज सम्शेर ज.ब.राणा र मिलन भन्ने मिन बहादुर दुलाल समेत ८ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । उनीहरूसँग ६१ अर्ब ५० करोड २७ लाख ९ हजार २ सय ३३ कायम गरी नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५(१) बमोजिमको कसुरमा सोही ऐनको दफा ९६(१) बमोजिम सजायको मागदावी लिएको अभियोग पत्र दर्ता गरिएको छ ।

त्यस्तै सजिलो पे पेमेन्ट सर्भिसेज प्रा.लि.का सञ्चालक तथा कर्मचारी सुनिल जाकीबन्जा, फुनछुक डाक्पा आथुपछाङ, काश्यप मानन्धर, रोशनबाबु मल्ल समेत चार जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । उनीहरूसँग १९ अर्ब ४६ करोड २५ लाख ७३ हजार ७ सय ८५ रुपैयाँ बिगो दाबी गरेको छ । उनीहरूलाई पनि अन्य अभियोगसँगै नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५(१) बमोजिमको कसुरमा सोही ऐनको दफा ९६(१) बमोजिम सजायको मागदावी थप लिइएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal