Skip to content
Prabhu

संसदीय छानबिन विशेष समितिसँग सहकारी अभियानकर्मीको छलफल

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुप्रयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय सहकारी महासंघ, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) र राष्ट्रिय सहकारी बैंक लिमिटेडका पदाधिकारी एवम् कर्मचारीसँग सहकारी क्षेत्रसँग सम्बन्धित विषयमा छलफल गरेको छ ।
समस्यामा परेका सहकारी संस्थाका बचतकर्ताको बचत रकमको सुरक्षा गर्न, जोखिममा रहेको तथा दुरुपयोग भएको बचत रकम छिटो र सहज ढंगले फिर्ता गर्न सकिने उपायकका सम्बन्धा छलफल भएको थियो ।

सो छलफलमा समितिका सभापति सूर्य थापाले सहकारी समस्याका बारेमा र समाधानको उपाय पत्ता लगाउने सम्बन्धमा विभिन्न सरोकारवालासँग छलफल जारी रहेको बताऐ । उनले तथ्यगत रूपमा अध्ययन अनुसन्धान गरेर समस्या समाधानका लागि उपाय खोजी गर्ने बताए । उनले विगतका विभिन्न समितिका प्रतिवेदन समेत अध्ययन गरिरहेको बताउँदै समस्या पालेर समाधान खोज्न नहुने बताए ।

सो छलफलमा सांसद ध्रुवबहादुर प्रधन, लेखनाथ दाहाल, शिशिर खनालले सहकारी संस्थाहरुमा देखिएको संकट समाधानका गर्नुपर्ने आवश्यक कार्यको विषयमा अभियानकर्मीसँग सुझाव लिनुभएको थियो । महासंघका अध्यक्ष तथा संविधानसभा सदस्य ओमदेवी मल्लले समस्या हुनुको मुख्य कारण र समाधानका उपायहरुको विषयमा जानकारी गराउँदै लिखित रूपमा समेत बुझाएका थिए ।

सो छलफलमा महासंघका निवर्तमान अध्यक्ष मिनराज कँडेल, उपाध्यक्ष डीबी बस्नेत, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेती, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)का अध्यक्ष चन्द्रप्रसाद ढकाल, महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा, बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईंको उपस्थिति थियो ।

 

 

 

 

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal