Skip to content
Prabhu

नुनको मूल्य बढ्यो, अब कति पर्छ केजीको ?

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको मूल्य बढाएको छ । साल्ट ट्रेडिङको मंगलबार (आज) बसेको सञ्चालक समितिको निर्णयअनुसार मंगलबार राती १२ बजेदेखि लागु हुने गरी नुनको मूल्य बढाएको हो ।

नयाँ मूल्यसूची अनुसार आयो नुनको थोक बिक्री मूल्य २३ रुपैयाँ र उपभोक्ता मूल्य २६ रुपैयाँ तोकिएको छ । यस अघि आयो नुनको उपभोक्ता मूल्य प्रतिकिलो २२ रुपैयाँ रहेको थियो । त्यस्तै गरी न्यू शक्ति नुनको थोक मूल्य १७ रुपैयाँ र उपभोक्ता मूल्य २० रुपैयाँ तोकिएको छ । उपभोक्ताले न्यु शक्ति नुनको मूल्य यसअघि १६ रुपैयाँ तिर्दै आएका थिए ।

साल्ट ट्रेडिङले भानु नुनको मूल्य भने यथावत् राखेको छ । साल्ट ट्रेडिङ भानु नुन प्रतिकिलो ९ रुपैयाँमै उपभोक्तालाई उपलब्ध गराउँदै आएको छ । साल्ट ट्रेडिङले भानु नुन दुर्गम जिल्लाका उपभोक्ताहरुलाई मात्र सहुलियत रुपमा उपलब्ध गराउँदै आएको छ । साल्ट ट्रेडिङले नुनको मूल्य समायोजन भन्दै प्रदेश, शाखा, उपशाखा र डिपो कार्यालयलाई पत्राचारसमेत गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal