Skip to content
Prabhu

प्रतीक थापालाई थुनामा पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शकुन्तला कार्कीको इजलासले आज पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापालाई थुनामा पठाउन आदेश दिएको हो ।

थापालाई नेपाल प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोको टोलीले गएको शुक्रवार पक्राउ गरेको थियो । उनी भुटानी शरणार्थी प्रकरणमा फरार रहँदै आएका थिए । शुक्रवार नै विशेष ब्युरोको टोलीले बेचन झालाई पनि पक्राउ गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाण्डौले उनीविरुद्ध पूरक अनुसन्धान गर्ने तयारी गरेको छ । शुक्रवारदेखि लागू हुने गरी सात दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal