Skip to content
Prabhu

‘विपद् पूर्वतयारीमा तीनै तहका सरकारबीच सहकार्य अपरीहार्य’

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विपद्जन्य पूर्वतयारीमा तीनै तहका सरकारबीच सहकार्य जरुरी रहेको बताएका छन् । मंगलबार जनकपुरधाममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित ‘विपद् व्यवस्थापनका लागि अन्तर सरकार सुदृढीकरण’ विषयक अन्तरक्रियामा उनले थोरै लगानीमा पूर्वतयारी गरिए विपद्बाट हुनसक्ने ठूलो क्षति कम गर्न सकिने बताएका हुन् ।

मुख्यमन्त्री सिंहले प्राकृतिक विपद्मा परेर घर गुमाएकालाई राहत स्वरुप एक लाख र गरिबलाई रु तीन लाखको घर बीमा गरिदिने जानकारी दिए । प्रदेश सरकारले प्राकृतिक विपद्को सामना गर्न स्रोत र साधनले भ्याएसम्म सबै तयारी गरेको उनको भनाइ थियो । मधेस प्रदेशका अर्थमन्त्री भरतप्रसाद साहले विपद्पछि पीडितलाई दिने राहत व्यवस्थित बनाउन जरुरी रहेको धारणा व्यक्त गरे ।

अन्तरक्रियामा मधेस प्रदेशका आठ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, जिल्ला समन्वय समितिका प्रमुखहरू, विभिन्न पालिकाका प्रमुखहरू, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखको सहभागिता रहेको थियो ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal