Skip to content
Prabhu

सन् २०७५ सम्म विश्वका ३० ठूला अर्थतन्त्र हुने मुलुकहरु

एजेन्सी । गोल्डम्यान स्याक्सद्वारा गरिएको एक अनुसन्धानले विश्वव्यापी सम्भावित आर्थिक वृद्धि सुस्त हुँदै जाने प्रक्षेपण गरेको छ । जसको मुख्य कारण श्रम शक्ति वृद्धिको सुस्ततालाई मानिएको छ । अनुसन्धानले विश्वव्यापी आर्थिक वृद्धिदर वार्षिक रूपमा औसत करिब ३ प्रतिशत मात्रै हुनेछ भने त्यसपछि यो घट्दो हुने अनुमान गरेको छ ।

विश्वको जनसंख्या वृद्धिदर अघिल्लो पाँच दशकमा प्रतिवर्ष २ प्रतिशतबाट घटेर १ प्रतिशतभन्दा कम भएको छ । र, यो सन् २०७५ सम्म शून्य नजिक पुग्नसक्ने आकलन छ । दुवै विकसित र उदीयमान अर्थतन्त्र भएका देशहरुको वास्तविक जीडीपी वृद्धिमा सुस्त भए पनि, विशेष गरी एसियाका उदीयमान र विकसित बजारहरूलाई पछ्याउँदै वृद्धिदर जारी रहने अपेक्षा गरिएको छ। सन् २०५० सम्म, विश्वका पाँच ठूला अर्थतन्त्रमा चीन, संयुक्त राज्य अमेरिका, भारत, इन्डोनेसिया, र जर्मनी हुने अपेक्षा गरिएको छ।

संयुक्त राज्य अमेरिकाले अन्य उदीयमान अर्थतन्त्र भएका मुलुकहरु चीन र भारतको तुलनामा कमजोर प्रदर्शन गर्ने अपेक्षा छ । अहिले डलरको भाउ उच्च हुँदा अमेरिकाको अर्थतन्त्र राम्रो देखिए पनि आगामी १० वर्षमा यसको भाउ कमजोर हुँदै जाँदा अर्थतन्त्रमा यसको सोझो असर पर्ने अनुमान छ । यदि उपयुक्त नीति कार्यान्वयन भएमा सन् २०७५ सम्म नाइजेरिया, पाकिस्तान, र इजिप्ट पनि विश्वका ठूला अर्थतन्त्र भएका मुलुकमा पर्न सक्छन् ।

विश्वव्यापीकरणले विभिन्न देशहरूबीचको आय असमानतालाई उल्लेखनीय रूपमा कम गरेको छ । यद्यपि देशभित्रको आय असमानता भने बढेको छ ।

गोल्डम्यान स्याक्सको अनुसन्धानले पनि विश्वव्यापी आर्थिक वृद्धिका लागि सम्भावित चुनौतीलाई विश्लेषण गरेको छ । जसमा पहिलो जोखिम भनेको लोकप्रियतावादी राष्ट्रवादले संरक्षणवादमा वृद्धि गर्नेछ भने ग्लोबलाइजेशनको ठीक विपरीत काम गर्ने सक्नेछ । दोस्रोमा जलवायु परिवर्तनका कारण वातावरणीय विपदको जोखिम बढ्ने छ । धेरै देशहरूले कार्बन उत्सर्जनबाट आर्थिक वृद्धिलाई सफलतापूर्वक अलग गरेका छन् ।

सन् २०७०र२०७९ का लागि, उदीयमान अर्थतन्त्रहरूको वृद्धिदर २.३ प्रतिशत हुने अनुमान गरिएको छ । एशियाको २ प्रतिशतका साथ वृद्धिदरको साथ सबैभन्दा छिटो वृद्धि हुने क्षेत्रमा पर्नेछ । तथापि, चिनियाँ अर्थतन्त्र सुस्त रहने प्रक्षेपण गरिएको छ । ल्याटिन अमेरिकी देशहरुको अर्थतन्त्र वृद्धिदर १।९ प्रतिशत हुनेछ भने आगामी १० वर्षमा क्रमशः वृद्धि र फेरि सुस्तता देखिने छ । मध्य र पूर्वी युरोप, मध्य पूर्व, र अफ्रिकामा वृद्धिदर स्थिर रहनेछ ।

सन् २०७५ सम्म शीर्ष ३० अर्थतन्त्र भएका मुलुकहरुमा यी पर्न सक्छन्

३०) म्यानमार
जीडीपी प्रक्षेपणः २.०८ ट्रिलियन डलर
वैश्विक जीडीपीमा अनुमानित हिस्साः ०.६४ प्रतिशत
जनसंख्या प्रक्षेपणः ५७.६३ मिलियन

२९) पोल्याण्ड
जीडीपी प्रक्षेपणः २.१४ ट्रिलियन डलर
वैश्विक जीडीपीमा अनुमानित हिस्साः ०.६६ प्रतशत
जनसंख्या प्रक्षेपणः २८.६१ मिलियन

२८) तान्जानिया
जीडीपी प्रक्षेपणः २.१७ ट्रिलियन डलर
वैश्विक जीडीपीमा अनुमानित हिस्साः ०.६७ प्रतिशत
जनसंख्या प्रक्षेपणः १९३.४२ मिलियन

२७) स्पेन
जीडीपी प्रक्षेपणः २.२१ ट्रिलियन डलर
वैश्विक जीडीपीमा अनुमानित हिस्साः ०.६८ प्रतिशत
जनसंख्या प्रक्षेपणः ३६.३१ मिलियन

२६) इटाली
जीडीपी प्रक्षेपणः २.४३ ट्रिलियन डलर
वैश्विक जीडीपीमा अनुमानित हिस्साः ०.७५ प्रतिशत
जनसंख्या प्रक्षेपणः ४२.७१ मिलियन

२५) पाकिस्तान
जीडीपी प्रक्षेपणः २.६६ ट्रिलियन डलर
वैश्विक जीडीपीमा अनुमानित हिस्साः ०.८२ प्रतिशत
जनसंख्या प्रक्षेपणः ४५३.२६ मिलियन

२४) कजाखिस्तान
जीडीपी प्रक्षेपणः २.६६ ट्रिलियन डलर
वैश्विक जीडीपीमा अनुमानित हिस्साः ०.८२ प्रतिशत
जनसंख्या प्रक्षेपणः ३०.४९ मिलियन

२३) अष्ट्रेलिया
जीडीपी प्रक्षेपणः २.८५ ट्रिलियन डलर
वैश्विक जीडीपीमा अनुमानित हिस्साः ०.८८ प्रतिशत
जनसंख्या प्रक्षेपणः ३५.७२ मिलियन

२२) भियतनाम
जीडीपी प्रक्षेपणः ३.१५ ट्रिलियन डलर
वैश्विक जीडीपीमा अनुमानित हिस्साः ०.९७ प्रतिशत
जनसंख्या प्रक्षेपणः १०१.३९ मिलियन

२१) क्यानडा
जीडीपी प्रक्षेपणः ३.३४ ट्रिलियन डलर
वैश्विक जीडीपीमा अनुमानित हिस्साः १.०३ प्रतिशत
जनसंख्या प्रक्षेपणः ५०.४१ मिलियन

२०) मेक्सिको
जीडीपी प्रक्षेपणः ३.४४ ट्रिलियन डलर
वैश्विक जीडीपीमा अनुमानित हिस्साः १.०६ प्रतिशत
जनसंख्या प्रक्षेपणः १३६.२५ मिलियन

१९) ब्राजिल
जीडीपी प्रक्षेपणः ३.६७ ट्रिलियन डलर
वैश्विक जीडीपीमा अनुमानित हिस्साः १.१३ प्रतिशत
जनसंख्या प्रक्षेपणः २१३.७२ मिलियन

१८) दक्षिण कोरिया
जीडीपी प्रक्षेपणः ३.७६ ट्रिलियन डलर
वैश्विक जीडीपीमा अनुमानित हिस्साः १.१६ प्रतिशत
जनसंख्या प्रक्षेपणः २३.२१ मिलियन

१७) इजिप्ट
जीडीपी प्रक्षेपणः ३.९२ ट्रिलियन डलर
वैश्विक जीडीपीमा अनुमानित हिस्साः १.२१ प्रतिशत
जनसंख्या प्रक्षेपणः १९०.९२ मिलियन

१६) मलेसिया
जीडीपी प्रक्षेपणः ४.०५ ट्रिलियन डलर
वैश्विक जीडीपीमा अनुमानित हिस्साः १.२५ प्रतिशत
जनसंख्या प्रक्षेपणः ४१.९३ मिलियन

१५) फ्रान्स
जीडीपी प्रक्षेपणः ४.२८ ट्रिलियन डलर
वैश्विक जीडीपीमा अनुमानित हिस्साः १.३२ प्रतिशत
जनसंख्या प्रक्षेपणः ६३.४९ मिलियन

१४) फिलिपिन्स
जीडीपी प्रक्षेपणः ४.३५ ट्रिलियन डलर
वैश्विक जीडीपीमा अनुमानित हिस्साः १.३४ प्रतिशत
जनसंख्या प्रक्षेपणः १७७.५८ मिलियन

१३) नाइजेरिया
जीडीपी प्रक्षेपणः ४.३८ ट्रिलियन डलर
वैश्विक जीडीपीमा अनुमानित हिस्साः १.३५ प्रतिशत
जनसंख्या प्रक्षेपणः ४९२.९५ मिलियन

१२) ईरान
जीडीपी प्रक्षेपणः ४.८३ ट्रिलियन डलर
वैश्विक जीडीपीमा अनुमानित हिस्साः १.४९ प्रतिशत
जनसंख्या प्रक्षेपणः ९१.८१ मिलियन

११) बेलायत
जीडीपी प्रक्षेपणः ५.०६ ट्रिलियन डलर
वैश्विक जीडीपीमा अनुमानित हिस्साः १.५६ प्रतिशत
जनसंख्या प्रक्षेपणः ७१.६२ मिलियन

१०) बंगलादेश
जीडीपी प्रक्षेपणः ५.०९ ट्रिलियन डलर
वैश्विक जीडीपीमा अनुमानित हिस्साः १.५७ प्रतिशत
जनसंख्या प्रक्षेपणः २०१.८९ मिलियन

९) जापान
जीडीपी प्रक्षेपणः ५.९७ ट्रिलियन डलर
वैश्विक जीडीपीमा अनुमानित हिस्साः १.८४ प्रतिशत
जनसंख्या प्रक्षेपणः ८५.७५ मिलियन

८) जर्मनी
जीडीपी प्रक्षेपणः ६.०२ ट्रिलियन डलर
वैश्विक जीडीपीमा अनुमानित हिस्साः १.८५ प्रतिशत
जनसंख्या प्रक्षेपणः ७२.८८ मिलियन

७) इथियोपिया
जीडीपी प्रक्षेपणः ६.१५ ट्रिलियन डलर
वैश्विक जीडीपीमा अनुमानित हिस्साः १.९० प्रतिशत
जनसंख्या प्रक्षेपणः २८४.५३ मिलियन

६) टर्की
जीडीपी प्रक्षेपणः ८ ट्रिलियन डलर
वैश्विक जीडीपीमा अनुमानित हिस्साः २.४७ प्रतिशत
जनसंख्या प्रक्षेपणः ९२.४१ मिलियन

५) इन्डोनेसिया
जीडीपी प्रक्षेपणः ८.३९ ट्रिलियन डलर
वैश्विक जीडीपीमा अनुमानित हिस्साः २.५९ प्रतिशत
जनसंख्या प्रक्षेपणः ३१५.८२ मिलियन

४) रसिया
जीडीपी प्रक्षेपणः ८.७३ ट्रिलियन डलर
वैश्विक जीडीपीमा अनुमानित हिस्साः २.६९ प्रतिशत
जनसंख्या प्रक्षेपणः १२०.१० मिलियन

३) संयुक्त राज्य अमेरिका
जीडीपी प्रक्षेपणः ३६.३२ ट्रिलियन डलर
वैश्विक जीडीपीमा अनुमानित हिस्साः ११.१९ प्रतिशत
जनसंख्या प्रक्षेपणः ३८९.३९ मिलियन

२) भारत
जीडीपी प्रक्षेपणः ५५.६४ ट्रिलियन डलर
वैश्विक जीडीपीमा अनुमानित हिस्साः १७.१४ प्रतिशत
जनसंख्या प्रक्षेपणः १.६७ बिलियन

१) चीन
जीडीपी प्रक्षेपणः ६६.१६ ट्रिलियन डलर
वैश्विक जीडीपीमा अनुमानित हिस्साः २०.३९ प्रतिशत
जनसंख्या प्रक्षेपणः १.०२ बिलियन

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal