Skip to content
Prabhu

न्यूनतम ४१ हजार ४० रुपैयाँ लाग्ने रिलायन्स स्पिनिङ्गको आइपीओ असार २७ देखि

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले असार २७ गतेदेखि साधारण सेयर(आइपीओ) बिक्री गर्ने भएको छ ।

कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि गएकालाई असार आइपीओ बिक्रीको मिति तय गरेको हो । त्यसपछि सर्वसाधारणको लागि आइपीओ बिक्री खुल्ला हुने छ ।

कम्पनीले चुक्ता पुँजीको १० प्रतिशत अर्थात १ लाख १५ हजार ५९६ कित्ता सेयर निष्कासन गर्न लागेको हो । अंकित मूल्य १०० भएपनि बुक बिल्डिङबाट आइपीओ निष्कासन गरिएको हो ।

माघ १० गतेदेखि माघ १४ गतेसम्म बुक बिल्डिङ विधिमार्फत कम्पनीले कुल कित्ताको ४० प्रतिशतले हुन आउने ७ लाख ७० हजार ६४० कित्ता शेयर योग्य संस्थागत लगानीकर्तालाई बिक्री गरेको थियो । जस अनुसार सर्वसाधारणलाई बिक्री गर्ने मूल्य ८२०) रुपैयाँ ८० पैसा रहेको छ ।

सर्वसाधारणले न्यूनतम ५० देखि अधित्तम २० हजार कित्तासम्म सेयर खरिदको लागि आवेदन दिनुपर्छ । कम्पनीले विद्युत् प्राधिकरणलाई तिनुपर्ने भनिएको पैसा विवरणपत्रमा देखाएको छैन । यदी त्यो रकम तिनुपरेमा कम्पनीको नाफा घट्ने छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal