Skip to content
Prabhu

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । आज छापावाला सुन तोलामा ४०० रुपैयाँ र चाँदी २० रुपैयाँले बढेको हो ।

आज छापावाला सुन तोलामा १ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजाबी सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुनको मूल्य १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै बुधबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य १ हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ३३२.८६ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २९.६८ डलरमा कारोबार भइरहेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal