Skip to content
Prabhu

बैंकिङ प्रणालीबाट आज ५० अर्ब निक्षेप खिच्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ खिच्ने भएको छ । निक्षेप संकलन उपकरण प्रयोग गरेर केन्द्रीय बैंकले २१ दिनका लागि ५० अर्ब रुपैयाँ खिच्न लागेको हो ।

त्यसका लागि बोलकबोलका लागि बुधबार दिउँसो ३ बजेसम्म अनलाइनमार्फत बोलकबोल गरिने छ । पछिल्लो समय बैंकहरुमा अधिक तरलता बढ्दै गएसँगै केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट रकम संकलन गरिरहेको छ । जसका कारण केन्द्रीय बैंकलाई ब्याजदर करिडोर व्यवस्थापन गर्न निकै कठिन भएको छ ।

राष्ट्र बैंकका अनुसार बोलकबोल गर्न सकिने रकम घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुल आह्वन रकमसम्म बोलकबोल गर्न सकिने छ । यो निक्षेपको साँवा र ब्याज साउन ९ गते भुक्तिानी गरिने छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal