Skip to content
Prabhu

खुलेको १० मिनेटमै पौने १० अंकले घट्यो नेप्से

काठमाडौं । सेयर बजार परिसूचक नेप्से बजार खुलेको १० मिनेट मै पौने १० अंकभन्दा बढीले ओरालो लागेको छ । अघिल्लो दिन ४७ अंकले बढेको सेयर बजार बुधबारको कारोबार खुल्नेबित्तिकै ९ दशमलव ४५ अंकले घटेको हो ।

अघिल्लो दिन कारोबार खुलेको दोस्रो मिनेटमा नै सेयर बजार ४ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको थियो । त्यस पछि खुलेको बजारमा ५ प्रतिशतको वृद्धिपछि ४० मिनेटका लागि बन्द भएको थियो ।

बुधबार १० मिनेटको कारोबारमा १२१ कम्पनीको सेयर मूल्य घटेको छ भने ४१ कम्पनीको सेयर मूल्य बढेको छ । १५ कम्पनीको सेयर मूल्य स्थिर छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal