Skip to content
Prabhu

एक सातामा बैंकिङ प्रणालीमा ३३ अर्ब निक्षेप संकलन हुँदा ४ अर्ब मात्रै ऋण प्रवाह

काठमाडौं । एक साताको अवधिमा बैंकिङ प्रणालीमा ३३ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने कर्जा प्रवाह जम्मा ४ अर्बको भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार असार १२ गतेदेखि असार १९ गतेसम्मको अवधिमा ३३ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने सो अवधिमा जम्मा ४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको हो ।

गत साता असार १२ गते ६३ खर्ब २ अर्ब रुपैयाँ निक्षेप संकलन भएको बैंकिङ प्राणलीमा असार १९ गतेसम्म ६३ खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । केन्द्रीय बैंकका अनुसार बुधबारसम्म वाणिज्य बैंकहरुमा ५६ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । त्यस्तै अन्य वित्तीय संस्थाहरुमा ७ खर्ब २२ अर्ब निक्षेप जम्मा भएको छ ।

पछिल्लो एक हप्ताको अवधिमा बैंकिङ प्रणालीबाट ४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । असार १९ गते (बुधबार) सम्म बैंक तथा वित्तीय संस्थाहरुले ५१ खर्ब ४९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । असार १२ गते ५१ खर्ब ४५ अर्ब कर्जा लगानी गरेका थिए । असार १९ गतेसम्म वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४५ खर्ब ५६ अर्ब पुगेको छ भने अन्य वित्तीय संस्थाहरुले ५ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

यो अवधिसम्म बैंक तथा वित्तीय संस्थाहरुको सीडी रेसियो पनि घटेको छ । असार १२ गते ७९.५१ प्रतिशत रहेको सीडी रेसियो असार १९ गतेसम्मको तथ्यांक अनुसार ७९.१८ प्रतिशतमा झरेको छ ।

नेपाल राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले सीडी रेसियो ९० प्रतिशतसम्म पु¥याएर कर्जा लगानी गर्न सक्ने व्यवस्था रहेको छ । तर,  बैंकहरुको कर्जा लगानी बढ्न नसक्दा सीडी रेसियो राष्ट्र बैंकले तोकेको सीमाभन्दा धेरै कम छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal