Skip to content
Prabhu

बुधबार नेप्से ३.७९ अंकले बढ्यो, कारोबार ५ अर्ब ८ करोड

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.७९ अंकले बढेर परिसूचक २१०४.२२ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।
त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.१३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०४ अंक बढेको छ।

आज ३१४ कम्पनीको १ करोड ७१ लाख ३४ हजार ८२ कित्ता सेयर कारोबार हुँदा ५ अर्ब ८ करोड ३५ लाख २८ हजार ९ सय ३५ रुपैयाँ संकलन भएको छ ।

आज सबैभन्दा धेरै मञ्जुश्री फाइनान्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको सेयर ५ सय ९४ रुपैयाँ ९० पैसा पुगेको छ । आज १०१ कम्पनीको सेयर मूल्य बढेको छ भने १३६ कम्पनीको सेयर मूल्य घटेको छ र १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

साथै, आज ४ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ चिरख्वा हाइड्रोपावर लिमिटेडको ४.७० प्रतिशतले सेयर मूल्य घटेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal