Skip to content
Prabhu

दोहोरो पद छाड्न सहकारीका सञ्चालकलाई विभागको निर्देशन

काठमाडौं । सहकारी विभागले सहकारीका सञ्चालकहरुलाई दोहोरो पद छाड्नका लागि ३० दिने समय दिएको छ ।

सहकारी ऐन, २०७४ को दफा (४१) को उपदफा (५) मा कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्नेछ भन्ने व्यवस्था छ ।

सोही व्यवस्था लागू गर्न विभागले संस्थारुलाई निर्देशन जारी गरेको हो । यदि कुनै व्यक्ति दुई वा सोभन्दा बढी संस्थाको सञ्चालक रहेको भए यो निर्देशन जारी भएको ३० दिनभित्र एउटा संस्थाको मात्र सञ्चालक पद छाड्नसमेत विभागले निर्देशन दिएको छ ।

अन्यथा कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने विभागले जनाएको छ । ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal