Skip to content
Prabhu

३ हाइड्रोपावर, एक म्युचुअल फन्ड र बोटलर्स नेपालको सेयर मूल्य उच्च गिरावट

nabil

काठमाडौं । सेयर बजारमा बुधबारको कारोबार बन्द हुँदा १३६ कम्पनीको सेयर मूल्य घट्यो । समग्रमा सेयर बजार बढेको दिन सबैभन्दा धेरै चिर्ख्वा हाइड्रोपावर लिमिटेडको सेयर मूल्य घटेको हो।

चिर्ख्वा हाइड्रो पावरको सेयर मूल्य ४.७० प्रतिशतले घटेको छ । यो कम्पनीको सेयर मूल्य अघिल्लो दिनको भन्दा २८ रुपैयाँ ९० पैसाले घटेर बन्द भएको छ । त्यस्तै आज धेरै मूल्य घट्ने कम्पनीको र्शीष पाँचभित्र परेको कम्पनी हो हिमालय उर्जा विकास कम्पनी लिमिटेड । यो कम्पनीको सेयर मूल्य ४.२७ प्रतिशत अर्थात् १२ रुपैयाँले घटेर २६९ रुपैयाँमा कारोबार बन्द भएको छ ।

त्यस्तै आज माण्डु हाइड्रोपावर लिमिटेडको सेयर मूल्य पनि ४.११ प्रतिशतले घटेको छ । अघिल्लो दिनको भन्दा ४६ रुपैयाँले घटेको यो स्टकको सेयर मूल्य १ हजार ७३ रुपैयाँमा कारोबार बन्द भएको छ । प्रभु सेलेक्ट फण्डको सेयर मूल्य पनि ४.०१ प्रतिशत अर्थात् ०.३८ रुपैयाँले बढेर ९ रुपैयाँ १० पैसा पुगेको छ ।

धेरै मूल्य घट्ने कम्पनीमा आज बोटलर्स नेपाल (बालाजु) लिमिटेड पाँचौँ नम्बरमा परेको छ । यो कम्पनीको सेयर मूल्य ९६ प्रतिशत अर्थात् ६५३ रुपैयाँले घटेको छ । बुधबारको कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मूल्य १५ हजार ८४६ रुपैयाँमा कारोबार बन्द भएको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal