Skip to content
Prabhu

सैदी पावर कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

 

काठमाडौं । सैदी पावर कम्पनी लिमिटेडले १ लाख ७० हजार ४९ कित्ता साधारण सेयर (आईपीओ) सर्वसाधारणमा निष्काशन गर्ने भएको हो ।

उक्त कम्पनीको प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । सेयर विशेष गरी प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरु तथा सर्वसाधारणहरुका लागि निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्रीप्रबन्धकमा नियुक्त गरेको छ ।

सैदी पावर कम्पनी लिमिटेडका तर्फबाट सञ्चालक समितिका अध्यक्ष कुशल थापा तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सैदी पावर कम्पनी लिमिटेडले कास्की जिल्लामा अवस्थित सैती खोलाको पानी सदुपयोग गरी ९९९ किलोवाट क्षमताको लघुजलविद्युत आयोजना निर्माण गरी २०७९ सालबाट व्यावसायिक विद्युत उत्पादन गरी आयोजना सञ्चालनमा रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal