Skip to content
Prabhu

नागढुंगा–नौबिसे सडक खण्ड आज र भोलि राति १० बजेदेखि ३ बजेसम्म बन्द रहने

काठमडौं । त्रिभुवन राजपथ अन्तर्गत नागढुंगा– नौबिसे सडकखण्‍ड आज र भोलि रातिको समयमा बन्द रहने भएको छ । सो सडक खण्ड अन्तर्गत नौबिसे खोला पुलको मर्मत कार्य गर्नुपर्ने भन्दै दुई रात बन्द हुने भएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार पुलको ग्रिडर लन्चिङ गर्ने भएकाले बुधबार र बिहीबार राति बन्द रहनेछ । राति १० बजेदेखि बिहान ३ बजेसम्म सडक बन्द गर्ने डिएसपी मिश्रले जानकारी दिए ।

एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सम्पूर्ण सवारी साधनलाई पूर्ण रूपमा रोकिने जनाएको छ । दुई पांग्रे तथा साना सवारी साधन प्रयोगकर्ताहरूले वैकल्पिक मार्गका रूपमा धार्के–सीतापाइला सडक प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal