Skip to content
Prabhu

भवानी हस्पिटलमा सिटिजन्स बैंकका ग्राहकहरूलाई १५ प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल बैंकका ग्राहकले भवानी हस्पिटलमा १५ प्रतिशत छुट पाउने भएका छन् । बैंक र पर्साको वीरगञ्जमा रहेको भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरबीच विशेष छुट दिने समझदारी भएसँगै बैंकका ग्राहकले १५ प्रतिशत छुट पाउने भएका हुन् ।

सम्झौता अनुसार बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरूले भवानी हस्पिटलमा १५ प्रतिशत छुट पाउने जनाइएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

बैंकले हालसम्म १९३ वटा शाखा, १५६ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ६० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal