Skip to content
Prabhu

१ लाख ७० हजार कित्ता आईपीओ जारी गर्दै सैदी पावर

काठमाडौं । सैदी पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि १ लाख भन्दा बढी कित्ता साधारण सेयर(आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि १ लाख ७० हजार ४९ कित्ता सेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीको आईपीओ प्रतिकित्ता न्यूनतम मूल्य १०० रूपैयाँ तोकिएको छ । सेयर विशेष गरी प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरु तथा सर्वसाधारणहरुका लागि निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ । त्यसका लागि कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्रीप्रबन्धकमा नियुक्त गरेको छ ।

बिक्रीप्रबन्धक नियुक्ति सम्झौतामा सैदी पावर कम्पनी लिमिटेडका तर्फबाट सञ्चालक समितीका अध्यक्ष कुशल थापा तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । सैदी पावर कम्पनी लिमिटेडले कास्की जिल्लामा अवस्थित सैती खोलामा ९९९ किलोवाट क्षमताको लघुजलविद्युत आयोजना निर्माण गरी २०७९ सालबाट व्यवसायिक विद्युत उत्पादन गर्दै आएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal