Skip to content

पर्यटकीयस्थल पुरन्धारा झरना जाने सडक स्तरोन्नति

nabil bank

तुलसीपुर । दाङको पर्यटकीयस्थल पुरन्धारा झरना जाने सडक स्तरोन्नति सुरु भएको छ । बबई गाउँपालिका पूर्वाधार शाखाका इञ्जिनियर राजेश देवकोटाले करिब ६५ लाख ६५ हजार एक सय ८५ रुपैयाँको लागतमा सडकको स्तरोन्नतिसँगै कालोपत्र गर्न थालिएको जानकारी दिए। बबई गाउँपालिका–५ को गँगटेदेखि पर्यटकीय केन्द्र पुरन्धारा झरनासम्म जोड्ने करिब नौ सय मिटर सडक कालोपत्रको काम भइरहेको हो ।

सङ्घ सरकार र स्थानीय सरकारको ५०र५० प्रतिशत लागत सहभागितामा सडक स्तरोन्नतिको काम अगाडि बढेको देवकोटाले बताउनुभयो। सडक स्तरोन्नतिसँगै यहाँ पर्यटकीय गतिविधि बढ्ने विश्वास गरिएको छ । स्थानीय दीपक शाहका अनुसार विगतमा राम्रो बाटो नहुँदा यो झरना आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको थिएन । “विगतमा सडक नहुँदा वर्षात्को समयमा पर्यटक आउँदैनथे तर अहिले सडक स्तरोन्नतिको भएको छ ।’ उनले भने, ‘त्यसले गर्दा वर्षात्मा पनि त्यहाँ दैनिक एक सयको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेका छन् ।”

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime