Skip to content
Prabhu

आयुक्तको घरमा डोजर चलेलगत्तै ललितपुरका मेयरलाई अख्तियारको पत्र

काठमाडौं । अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु मर्हजनलाई पत्र काटेको छ । बाढी पहिरोबाट पीडितलाई एकलौटी ढंगले आर्थिक सहयोगको नाममा रकम बाँडी महानगरपालिकालाई हानी हुने काम गरेको उजुरी परेको भन्दै अख्तियारले सोधपुछको लागि मेयर महर्जनलाई पत्र पठाएको हो ।

अख्तियारले मेयर महर्जनविरुद्ध २०७७ सालमा आएको बाढी पहिरोबाट धापाखेल २४ मा बाढी पीडितलाई १ लाख पचास हजार र २ लाख पचास हजार नगर कार्यपालिकाको निर्णय विपरीत नगर प्रमुखले एकलौटी ढंगबाट आर्थिक सहयोगको नाममा रकम बाँडी महानगरपालिकालाई हानी हुने काम गरेको उजुरी परेको भन्दै पत्र काटेको हो ।

मेयर मर्हजनलाई अघिल्लो कार्यकालमा २०७८ असार ३१ गतेको उजुरी अनुसन्धानको क्रममा केही बुझनुपर्ने भन्दै अख्तियारले पत्र पठाएको हो । उनलाई असार २६ गते सक्कल नागरिकता र एक प्रति पासपोर्ट साइजको फोटो सहित आयोगको महाशाखा नं ३ मा उपस्थिति भई अनुसन्धान कार्यमा सहयोग गरिदिन अनुरोध गरेको छ ।

बुधबार नै मन्दिर र गुठीको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खाल भत्काएको थियो । आयोगकी आयुक्त अमात्यको घरमा महानगरले डोजर चलाए लगतै अख्तियारले मेयरलाई पत्र काटेको हो ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal