Skip to content
Prabhu

तीन दिनसम्म नदी आसपासमा बाढीको जोखिम, सावधानी अपनाउन आग्रह

काठमाडौं । कोशी, नारायणी, कर्णाली र यसका प्रमुख सहायक नदी साथै बागमती, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीमा तीन दिनसम्म बाढीको जोखिम रहेको छ । यी नदीमा जलसतह उल्लेख्य बढ्ने भएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको हो ।

आज दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, धादिङ, गोरखा, लमजुङ, कास्की र आसपासका जिल्ला भई बहने धेरै नदी र खोलामा बहाव बढ्ने तथा केही स–साना नदीमा आकस्मिक बाढी आउन सक्ने महाशाखाले जनाएको छ । यस्तै मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक÷दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न सावधानी र पूर्वतायरी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal