Skip to content
Prabhu

सुनको मूल्य एकैदिन १६ सयले बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमडौं । बिहीबार सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले बढेको छ । बुधबार ४ सय रुपैयाँलै बढेको सुन आज १ हजार ६ सय रुपैयाँले बढेर १ लाख ४४ हजार ३ सय रुपैयाँ पुगेको हो ।

बुधबार छापावाला सुनको मूल्य तोलामा १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ४३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुनको मूल्य १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै बिहीबार प्रतितोला चाँदीको मूल्य तोलामा ४० रुपैयाँले महँगो भएको छ । आज चाँदी तोलामा १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ३५८.८६ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस ३०.४३ डलरमा कारोबार भइरहेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal