Skip to content
Prabhu

कामना सेवा विकास बैंकको १ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

 

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयरधनीहरूको नाममा रहेको १ लाख ४ हजार ८८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले हाल बैंकका साविक संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी सो सेयर बिक्रीमा ल्याएको हो ।

यो सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले आवश्यक कागजात सहित किन्न चाहेको सेयर विवरण खुलाई ३५ दिनभित्र काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्ने छ ।

तोकिएको म्यादभित्र संस्थापक शेयरधनीहरूबाट सेयर खरीदका लागि आवेदन नपरेमा उक्त शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal