Skip to content
Prabhu

नागरिक लगानी कोष र हिमालयन ऊर्जा विकासको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । आज नागरिक लगानी कोष र हिमालयन ऊर्जा विकास कम्पनीको सेयर मूल्य समायोजन भएको हो ।

यस दिन नागरिक लगानी कोषले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेको हो भने हिमालयन उर्जाले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ बुकक्लोज गरेको हो । यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले यस दिन नागरिक लगानी कोषको १४ प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजपश्चात कम्पनीको सेयर मूल्य १ हजार ८ सय ७३ रुपैयाँ ६८ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको सेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात बुधबार, दोस्रो बजारमा कम्पनीको सेयर प्रतिकित्ता २ हजार १३६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

त्यस्तै हिमालयन उर्जाको शतप्रतिशत हकप्रद सेयर समायोजन भएको छ । बुधबार २६९ रुपैयाँमा अन्तिम कारोबार भएको यस कम्पनीको सेयरमूल्य समायोजपश्चात १८४ रुपैयाँ ५० पैसा कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा यी कम्पनीहरुको सेयर कारोबार खुल्नेछ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal