Skip to content
Prabhu

बजार निर्माता तथा बिक्री एजेन्टहरुको इजाजतपत्र खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेका सम्पूर्ण बजार निर्माता र बिक्री एजेन्टहरुको इजाजतपत्र खारेज गरेको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै असार १ देखि लागू हुने गरी इजाजतपत्र खारेज गरेको हो ।

केन्द्रीय बैंकका अनुसार सरकारी ऋणपत्रहरुको निष्काशन, नविकरण, दोस्रो बजार कारोवार र भुक्तानी लगायतका कार्य सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट भइरहेको जानकारी गराउँदै बजार निर्माता तथा बिक्री एजेन्टहरुको इजाजतपत्र खारेज गरिएको छ ।

यस्तै राष्ट्र बैंकले नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकमार्फत जारी भएका नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रका धनीहरुलाई भुक्तानी लिनसमेत आग्रह गरेको छ । कतिपय धनीहरुले २०८१ जेठ मसान्तसम्म परिपक्व भएको साँवा तथा आर्जित ब्याज रकम भुक्तानी लिन बाँकी रहेको देखिएको भन्दै यथाशिघ्र भुक्तानी लिन सबै बचतपत्र धनीलाई अनुरोध गरिएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal