Skip to content
Prabhu

राष्ट्रिय जीवन बीमाको बोनसदर घोषणा

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले आव २०६९/७० सम्मको बोनस दर घोषणा गरेको छ । नेपाल बीमा प्राधिकरणको २०८० माघ १७ गतेको पत्रबाट प्राप्त स्वीकृत भएअनुसार कम्पनीले सञ्चालनमा ल्याएको मुनाफा सरिक हुने गरी उक्त आवका लागि बोनस दर घोषणा गरेको हो ।

बीमा प्राधिकरणले कम्पनीको आव २०६७/६८ देखि २०६९/७० सम्मको इनफोर्स पोलिसी कायम रहेको बीमालेख संख्या १ लाख ६२ हजार ७ सय २१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकनसम्बन्धी बीमांकीय मूल्यांकन प्रतिवेदन स्वीकृत गरेको छ ।

सबै किसिमका बीमालेखमा आव २०८१/८२ का लागि प्रतिवर्ष प्रतिहजार बीमांकमा ६० रुपैयाँ दर कायम गरिएको कम्पनीले सूचनामार्फत जानकारी दिएको छ । साथै, बोनस दर बीमांकीय मूल्यांकनका आधारमा परिवर्तनशील रहने कम्पनीले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal