Skip to content
Prabhu

सरकारी नीतिपछि घट्यो चाँदीको आयात

काठमाडौं । नेपालमा पछिल्ला वर्षहरुमा चाँदीको आयात निरन्तर रुपमा  घटिरहेको छ । पछिल्लो १० वर्षको तथ्यांक हेर्दा नेपालमा चाँदीको आयातमा  करिब सतप्रतिशतको गिरावट आएको हो ।

सरकारी तथ्यांकअनुसार पछिल्लो एक आर्थिक वर्षमा मात्रै नेपालमा चाँदीको आयात ८३.०८ प्रतिशतले घटेको छ । गत आर्थिक वर्ष २०७९/८० को अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा चाँदीको आयात ८३.०८ प्रतिशतले घटेको हो । आव २०७८/७९ को तथ्यांकअनुसार नेपालमा १ लाख ६७ हजार २११.३६ केजी चाँदी आयात भएको थियो । त्यो परिणामा आव २०७९/८० घटेर
२८ हजार ३७५.७२ केजी मात्रै भएको छ ।

सरकारी तथ्यांकअनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा नेपालमा ८ हजार ६२१ केजी मात्रै चाँदी आयात भएको देखिएको छ । नेपालमा आर्थिक वर्ष २०७१/०७२ मा ५ लाख ७१ हजार १८९ केजी चाँदी आयात भएको थियो । त्यस्तै २०७२/०७३ चाँदीको आयात १ लाख ४० हजार ३१६ केजी मात्रै भयो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ७५.४३ प्रतिशतले कमी हो ।

पछिल्लो १० वर्षको अवधिमा चार आर्थिक वर्षमा मात्रै चाँदीको आयात बढेको देखिन्छ । आव २०७३/७४, २०७४/७५, २०७५/७६, २०७८/७९, मा चाँदीको आयात बढेको छ । आव २०७३/७४ मा १ लाख ४० हजार ६९१.२० केजी चाँदीको आयात भएको थियो । २०७४/७५ मा ५४.१९ प्रतिशतले आयात वृद्धि भएर २ लाख १६ हजार ९३५.०५ केजी चाँदी आयत भएको थियो ।

त्यस्तै आव २०७५०७६ पनि ३२ प्रतिशतले बढेर चाँदीको आयात २ लाख ८८ हजार ४५५.८५ केजी चाँदी आयात भएको थियो । आव २०७६/७७ चाँदीको आयातमा पुनः गिरावट आयो । सो आर्थिक वर्षमा नेपालमा चाँदीको आयात ५०.०१ प्रतिशतले घटेर १ लाख ४४ हजार २०३.५० केजी आयात भएको सरकारी तथ्यांक छ ।
त्यस्तै, आर्थिक वर्ष २०७७/७८ मा चाँदीको आयात १ लाख ७ हजार २११.१० केजी आयात भयो । यो आव २०७७/७८ को तुलनामा २५.६५ प्रतिशतले कम हो । आर्थिक वर्ष २०७८/७९ मा फेरि चाँदीको आयात ५६.४३ प्रतिशतले बढेर १ लाख ६७ हजार ७११.३६ केजी पुगेको तथ्यांकले देखाएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal